दुर्गा प्रसाईंले बैंकहरुको ‘ज्यादती’ को भण्डाफोर गर्ने

दुर्गा प्रसाईंले बैंकहरुको ‘ज्यादती’ को भण्डाफोर गर्ने

मेडिकल माफियाको रुपमा चिनिएका दुर्गा प्रसाईं उर्फ मार्सीले आज बैंक तथा वित्तीय संस्थाहरुको उछितो काढ्ने भएका छन् । उनले आज बिहान राजधानीमा आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमाथि ज्यादती गरेकोबारे प्रमाणसहित बोल्ने बताइएको छ ।

कन्स्टिच्युशनल फोरम अफ नेपालले प्रसाईंको प्रमुख आतिथ्यमा राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाऊ अभियानअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूको ज्यादती विरूद्ध देशभर बिरोध प्रदर्शनको घोषणा गर्न लागेको हो । उक्त घोषणा दरबारमार्गस्थित होटल उडल्याण्डमा बिहान १० बजेपछि गर्ने आयोजकले जनाएको छ ।

प्रसाईं आफैँ बैंक तथा वित्तीय संस्थाहरुबाट धेरै ऋण लिने व्यवसायीमध्ये एक हुन् । उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा धेरै वटा बैंकले ऋण प्रदान गरेका छन् ।

टिप्पणीहरू