अथक प्रयासपछि कानुनी राज्य स्थापना गर्न सकेकोमा कृष्णमान दङ्ग

अथक प्रयासपछि कानुनी राज्य स्थापना गर्न सकेकोमा कृष्णमान दङ्ग

नेपाल कानून समाज ४१ औं वर्षमा प्रवेश गरेको छ । २०३८ साल माघ १० गते स्थापना भएको संस्था आजबाट ४१ औं वर्षमा प्रवेश गरेको हो ।  समाजले यस सुखद उपलक्ष्यमा संस्थासंग आबद्ध सबै सदस्य, सरोकारवाला र शुभचिन्तकहरुलाई शुभकामना दिएको छ । 

विभिन्न चुनौती पार गर्दै कानूनी राज,लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको विकासका लागि गरेको प्रयास सफल भएकोमा समाजले खुशी व्यक्त गरेको छ ।  साथै,समाजले भावी दिनमा आफ्नो भूमिकालाई थप व्यवस्थित,परिमार्जित र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएको छ । 

‘कानूनी राज,लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाका लाभहरु तृणमूल स्तरका जनसाधारणसम्म पुग्नुपर्दछ र यस समाजका सम्पूर्ण क्रियाकलापहरु त्यसै मान्यताबाट निर्देशित हुनुपर्दछ भन्ने नै यस समाजको दृढ विश्वास रही आएको छ’, कार्यकारी निर्देशक कृष्णमान प्रधानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै,कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका,नागरिक समाज र सरोकारवाला सबैलाई आफ्नो विगतप्रति निर्मम समीक्षा गर्दै कमिकमजोरी नदोहोर्याउन र सकारात्मक पक्षको सम्बर्द्धन गर्न समाजले आग्रह गरेको छ ।

टिप्पणीहरू