केपी ओली कप फुटबल आगामी फागुनमा

केपी ओली कप फुटबल आगामी फागुनमा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसल प्रतियोगिता २०७९ को तालिका सार्वजनिक गरेको छ । एन्फाले माघ २६ गतेदेखि चैत १८ गतेसम्म हुने फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

यसअघि मोफसलमा १४ प्रतियोगिता हुने गरेकोमा यसपटक ११ मा झारिएको छ । माघ २६ देखि फागुन ६ गतेसम्म सर्लाहीमा राजर्शी जनक गोल्ड कप हुने बताइएको छ । त्यस्तै, सोही मितिमा महोत्तरीमा मेयर कप फुटबल प्रतियोगिता हुनेछ । माघ २९ गतेदेखि फागुन ९ गतेसम्म मकवानपुर गोल्ड कप हुनेछ । झापामा भद्रपुर गोल्ड कप र रुपन्देहीमा तिलोत्तमा गोल्ड कप फागुन ७ गतेदेखि १६ गतेसम्म हुने तालिका बनाइएको छ । 

काठमाडौंमा आयोजना गरिने केपी ओली कप फागुन ११ देखि १७ गतेसम्म सञ्चालन गरिनेछ । फागुन १३ देखि २० गतेसम्म सुनसरीमा बुढासुब्बा गोल्ड कप, चैत ४ देखि ११ गतेसम्म इलाममा माई भ्याली गोल्ड कप र सुनसरीमा ईटहरी गोल्ड कप हुनेछ । 

मोरङमा हुने विराट गोल्ड कप र बारामा हुने सिमरा गोल्ड कपका लागि चैत ९ गतेदेखि १८ गतेसम्म मिति तोकिएको छ ।

टिप्पणीहरू