रविको पार्टीले संयुक्त बैठक बोलायो

रविको पार्टीले संयुक्त बैठक बोलायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक डाकेको छ । अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक राखिएको जनाइएको छ । 

सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड तयार नभएकाले रास्वपाले सरकारलाई दिएको समर्थन झिक्न सक्ने चर्चा भइरहेका बेला बैठक बोलाइएको छ । लामिछानेले केही बेरअघि फेसबुकमा स्टाटस लेख्दै आज आफ्नो मौनताको अन्तिम दिन भएको बताएका छन् ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री गुमाएका लामिछाने पुनः सोही पदमा पुनस्र्थापितको निम्ति प्रयासरत छन् । उनले पटक–पटक प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफूलाई मन्त्री बनाउन आग्रह गरिरहेका छन् । 

तर, एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई भन्न लगाउँदा पनि प्रधानमन्त्री प्रचण्ड लामिछानेलाई मन्त्री बनाउन तयार नभएपछि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चा चुलिएको छ ।
 

टिप्पणीहरू