दोहा पुगेका नेपालीलाई ८२ करोडको चिठ्ठा

दोहा पुगेका नेपालीलाई ८२ करोडको चिठ्ठा

वैदेशिक रोजगारीको सिलसिलामा कतारको राजधानी दोहा पुगेका एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । त्यहाँ कार्यरत रञ्जितकुमार पालले झण्डै ८२ करोड नेपाली रुपैयाँको चिठ्ठा जितेका हुन् ।

युएईको अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रमा उनले दुई करोड ३० लाख दिराम राशीको चिठ्ठा जितेको जनाइएको छ । आजको विनिमय दरअनुसार झण्डै ८२ करोड रुपैयाँ हुन्छ । चिठ्ठा गए राति खोलिएको हो । उनी दोहामा सात वर्षदेखि बस्दै आएका छन् ।

यसअघि २०७० सालमा अर्का नेपाली डिल्लीराम पराजुलीले कतार ड्युटी फ्रिको डलर मिलिएनार चिठ्ठाको ८ करोड ७० लाख रुपैयाँ जितेका थिए ।
 

टिप्पणीहरू