घुस मागेको अडियो बाहिरिएपछि त्रिभुवन विमानस्थलका महाप्रवन्धक निलम्बित

घुस मागेको अडियो बाहिरिएपछि त्रिभुवन विमानस्थलका महाप्रवन्धक निलम्बित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । आर्थिक अनियमितताको आशंकामा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निलम्बन गरेको हो।

ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएपछि त्यसबारे जाँचबुझ गर्न पदबाट निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए । उनलाई पदबाट निलम्बन गरि आवश्यक छानविन गर्न  मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई पत्र पठाएको उनले बताएका छन् ।

मन्त्रालयले यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि जानकारी गराउने बताएको छ ।

टिप्पणीहरू