नयाँ च्यानल, पुरानै कार्यक्रम

नयाँ च्यानल, पुरानै कार्यक्रम

रवि लामिछानेलाई जब प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय फिर्ता दिन्न भनी फर्काउनुभयो, तब रविको एउटा स्टाटस आएको थियो– आज मेरो मौन बस्ने अन्तिम दिन हो । 

अर्थात्, मौनता तोड्ने सुरमा उहाँ हुनुहुन्थ्यो । मौनता तोड्ने भनेको के हो ? मौनता तोड्ने भनेको बोल्ने हो । मौनता तोडेपछि बोल्न थालिन्छ । उहाँले बोल्ने कहाँ ? उही टेलिभिजनमा हो । मैले सोचेको थिएँ, गृहमन्त्री नपाएपछि उहाँ टेलिभिजनमा गएर बोल्नुहुनेछ । अर्थात् टेलिभिजनमा उहाँको बोल्ने पुरानै कार्यक्रम थियो नि, त्यही कार्यक्रम चलाउनु हुनेछ ।

नभन्दै उहाँको पुरानै टेलिभिजन कार्यक्रम सञ्चालन भयो, तर नयाँ च्यानलबाट । पहिले उहाँ नेपाल टेलिभिजनबाट कार्यक्रम चलाउनु हुन्थ्यो । पछि न्युज–२४ आयो । त्यसपछि ग्यालेक्सी फोर आयो । अहिले रास्वपा आएको छ । अस्ति उहाँले रास्वपा नामको नयाँ च्यानलबाट पुरानै कार्यक्रम सञ्चालन गर्नुभयो । पहिले जनतासँग सीधा कुरा चलाउनु हुन्थ्यो, अहिले पत्रकारसँग सीधा कुरा चलाउनुभएको छ । कार्यक्रम अब्बल छ । चुनाव जितेर उपप्रधानमन्त्री नै भइसके पनि उहाँभित्रको कार्यक्रम सञ्चालक सक्रिय नै रहेछ । ब्राभो ब्रो !
 

टिप्पणीहरू