पैसाको लोभले आफ्नै गाडीमा आगलागी
बर्दियामा बीमा रकम दाबी गर्ने मनशायले आफ्नै गाडीमा आगो झोस्ने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका वडा नं. २ गंगापटुवाका रामु चौधरीलाई प्रहरीले आगजनीको आरोपमा पक्राउ गरेको हो ।
आइतबार राति २ बजे मधुवन नगरपालिका–४ बसन्तास्थित माचड चोकेदेखि भुरिगाउँ जोड्ने पक्की सडकखण्डमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
चौधरीले गाडी बिग्रिएको र मर्मतको लागि ग्यारेजमा लैजाँदा धेरै रकम लाग्ने भएपछि बीमाको रकम दाबी गर्ने मनशायले आगजनी गरेको प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए ।
टिप्पणीहरू