पशुपतिनाथको दर्शनपछि भारतीय विदेशसचिव प्रधानमन्त्री निवासमा
नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्रा अहिले बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ताको निम्ति क्वात्रा बालुवाटार पुगेको बताइएको छ ।
प्रधानमन्त्रीसँग भारतीय प्रतिनिधिमण्डलले साँझ साढे ६ बजेदेखि भेटवार्ता थालेको हो । प्रधानमन्त्री पनि केही बेरअघि मात्रै धनगढीबाट काठमाडौं आउनुभएको हो । सचिव क्वात्रा नेतृत्वको भारतीय प्रतिनिधिमण्डलले बालुवाटार जानुअघि पशुपतिनाथको दर्शन गरेको थियो । त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा र काँग्रेस सभापति शेरबहादुर देउवासँग उहाँकै निवासमा भेटवार्ता गरेको थियो ।
दिउँसो सिंहदरबारमा परराष्ट्रमन्त्री डा. विमला राई पौडेल र परराष्ट्र सचिव भरतराज पौड्यालसँग भारतीय प्रतिनिधिमण्डलले कुराकानी गरेको हो ।
टिप्पणीहरू