नामिवियाविरुद्ध नेपालको कीर्तिमानी जित

नामिवियाविरुद्ध नेपालको कीर्तिमानी जित

आईसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले कीर्तिमानी जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा नामिवियालाई दुई विकेटले हराउँदै नेपालले जित दर्ता गरेको हो । 

कुशल भुर्तेलको शतकीय पालिको मद्धतले १४ बल बाँकी छँदै २ सय ८६ रनको विशाल लक्ष्य पूरा गर्दा नामिविया पहिलो पटक लिग २ मा नेपालसँग स्तब्ध हुनपुग्यो । एकदिवसीय क्रिकेटमा नेपालले पूरा गरेको यो अहिलेसम्मकै उच्च लक्ष्य हो । 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रन जोड्दा अलआउट भएको थियो । नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिएका थिए । करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन दिए । सन्दीप लामिछानेले ३ विकेट लिए ।

टिप्पणीहरू