सांसद भण्डारीलाई भेन्टिलेटरबाट हटाइने

सांसद भण्डारीलाई भेन्टिलेटरबाट हटाइने

ग्याँस सिलिण्डर बिस्फोटमा घाइते भएका काँग्रेस सांसद चन्द्र भण्डारीलाई पर्सिदेखि भेण्टिेलटरबाट हटाइने छ । अस्तिदेखि भारतको मुुम्बईमा उपचाररत भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको जानकारी दिइएको छ ।

सांसद भण्डारीको फोक्सोले सहज ढंगले काम गर्न थालेकाले अक्सिजनको मात्रा घटाइएको मुम्बईबाट माधव न्यौपानेले जनाएका छन् । त्यसैगरी हातमा जलेको भागले काम गर्न थालेपछि शल्यक्रिया गर्न आवश्यक नभएको पनि उनले बताए । 

न्यौपाने सांसद भण्डारीसँगै अस्ति मुम्बई गएका हुन् ।
 

टिप्पणीहरू