प्रधानमन्त्री भेट्न पुग्नुभयो माधव नेपाल

प्रधानमन्त्री भेट्न पुग्नुभयो माधव नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुग्नुभएको छ । अध्यक्ष नेपाल आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानुभएको बताइएको छ ।

उहाँ झण्डै एक घण्टा भेटवार्ता गरेपछि त्यहाँबाट ५ बजेको समयमा बाहिरिनुभएको हो । त्यसअघि अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनको भविश्य यो साताभित्र टुंगो लाग्ने दाबी गर्नुभएको थियो । पार्टीनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठक उद्घाटन समारोहमा बोल्दै उहाँले सत्ता गठबन्धन रहने, नरहने यो साताभित्र छिनोफानो भसक्ने बताउनुभएको हो । 

गठबन्धनमा संविधानविरोधी र पक्षपातीहरु एकै ठाउँमा रहेको भन्दै अध्यक्ष नेपालले त्यस्तो गठजोड लामो समय नटिक्ने तर्क गर्नुभयो । गठबन्धनमा अहिले देखिएको अविश्वास राष्ट्रपतिको चुनावसम्म पुग्दा टुङ्गो लाग्ने उहाँको भनाइ छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको उम्मेदवारी मनोनयन फागुन १३ गतेका लागि तोकिएको छ । त्यसतर्फ संकेत गर्दै नेपालले गठबन्धनको म्याद एक साता तोक्नुभएको हो । 

‘कुन दिन त्यो गठबन्धन भत्किने हो, ठेगान छैन । त्यो गठबन्धनको सरकार भत्केपछि अनि काँग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता सुरु भइसकेको छ । ढोक्सा थाप्ने भनेको त्यही हो,’ नेपालले सम्बोधनमा उल्लेख गर्नुभएको हो ।

टिप्पणीहरू