मायादेवी मन्दिरको गजुरमा ५० तोला सुना

मायादेवी मन्दिरको गजुरमा ५० तोला सुना

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको गजुर जीर्णोद्वारपछि आज प्रतिस्थापन गरिएको छ । नेपाली भिक्षु भिक्षुणीले परित्रान सूत्र पाठ गरेपछि बौद्ध परम्पारअनुसार गजुरको प्रतिस्थापन गरिएको बताइएको छ ।

मर्मतको क्रममा १२ फिट अग्लो गजुरमा झण्डै ५० तोला सुनको जलप लगाइएको हो । दुई जना थाई उपासक उपासिकाले ६० लाख रुपैयाँ सहयोग गरेपछि उक्त गजुर मर्मत गरिएको हो । नेपाली मूर्तिकारहरुले तीन महिनामा जिर्णोद्धार गरेका हुन् ।

उक्त कार्यमा आर्थिक सहयोग गरेका दुई जनामध्ये लर्टट्ुथ आक्रापास पोङ आज लुम्बिनीमा उपस्थित भएका थिए ।
 

टिप्पणीहरू