११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका लागि नारा तय
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका लागि राष्ट्रिय नारा तय गरेको छ ।
आगामी फागुन २४ गते बुधवार बिबिध कार्यक्रम गरी मनाइने नारी दिवसक लागि मन्त्रालयले ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा बनाएको हो । महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तिकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नारी दिवस मनाइने मन्त्रालयले जनाएको छ ।
आज सूचना प्रकाशित गर्दै मन्त्रालयले उक्त दिवस साझा अभियानका रुपमा भव्य, सभ्य र व्यवस्थित रुपमा मनाउन सबैलाई आह्वान गरेको छ । सूचनामा भनिएको छ, ‘संघीय सरकारका सबै निकाय, सातै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एंव वडाहरु, नागरिक समाज, सामाजिक शैक्षिक तथा निजी संघसंस्था तथा सबै सरोकारवाला निकायलाई यस दिवसलाई भव्य, सभ्य र व्यवस्थित रुपले मनाउन आह्वान गरिन्छ ।’
टिप्पणीहरू