जर्मन चान्सलर पहिलो पटक नयाँ दिल्लीमा

जर्मन चान्सलर पहिलो पटक नयाँ दिल्लीमा

जर्मन चान्सलर ओलाफ स्कोल्ज दुई दिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेका छन् । चान्सलरमा निर्वाचित भएपछि उनी पहिलो पटक भारत भ्रमणमा गएका  हुन् ।

हिजै उनले प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै नेताहरूसँग भेट गरेका छन् । स्कोल्जले प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेट समेत गरेका छन् । उनीहरुबीच स्वच्छ ऊर्जा, व्यापार र नयाँ प्रविधिबारे छलफल भएको बताइन्छ । 

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले जर्मनी युरोपमा भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताएका थिए । चान्सलर स्कोल्जले भारतसँग जर्मनीको पहिलेदेखि राम्रो सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

बैठकमा दुई मुलुकबीच रुस–युक्रेन युद्ध र त्यसको असरबारे पनि छलफल भएको बताइएको छ । युद्धका कारण खाद्यान्न र इन्धनको निर्वाध आपूर्तिमा बाधा पुगेको जनाइएको छ ।

टिप्पणीहरू