हिमाल अस्पताल बाहिर दिनहुँ आन्दोलन, आकस्मिक बाहेक अरु सेवा बन्द

हिमाल अस्पताल बाहिर दिनहुँ आन्दोलन, आकस्मिक बाहेक अरु सेवा बन्द

काठमाडौंको नक्सालमा रहेको हिमाल अस्पताल अगाडि आज पनि आन्दोलन भएको छ । अस्पताल प्रशासन र चिकित्सकको लापरवाहीले बालिकाको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले आन्दोलन गरेका हुन् । 

सामान्य रुघाखोकी लागेकी २८ महिने प्रशंसा गौतमको उपचारको क्रममा मृत्यु भएपछि पीडित परिवारले अस्पताल घेर्दै आएका छन् । उनीहरुले अस्पताल र चिकित्सक जयदेव यादवमाथि कारबाहीको माग गरेका छन् । 

आन्दोलनकारीहरुल ‘प्रंशसा गौतमको न्यायका लागि धर्ना कार्यक्रम’ लेखिएको ब्यानर बोकेर चर्को नाराबाजी गरिरहेका छन् । उनीहरुले, ‘सम्पत्ति बेचेर होइन, दिमाग बेचेर डाक्टर बनौं’, ‘तिमी कुटिँदा म रोएँ, म रुँदा तिमी किन मौन ?’, ‘प्रशंसालाई न्याय दे’, लगायत प्लेकार्ड बोकेका छन् । 

आन्दोलनकारीहरुले आन्दोलन स्थगित गरिसकेको अस्पताल प्रशासनको भनाइ छ । यस विषयमा सहमति जुटाउन हिजो छलफल भए पनि टुंगोमा पुग्न नसकेको हो । तर अस्पतालले आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।

टिप्पणीहरू