राष्ट्रपति निर्वाचनमा मतदानबारे राप्रपाले २४ गते निर्णय गर्ने

राष्ट्रपति निर्वाचनमा मतदानबारे राप्रपाले २४ गते निर्णय गर्ने

राप्रपाले राष्ट्रपति निर्वाचनमा सहभागी हुने वा नहुने हुने भए कसलाई मतदान गर्ने भन्ने विषय अघिल्लो दिन निर्णय गर्ने बताएको छ । आफ्ना उम्मेदवारलाई भोट माग्दै पार्टी कार्यालय आइपुगेको एमाले टोलीसँगको कुराकानीमा राप्रपाका नेताहरुले उक्त धारणा राखेका हुन् ।

उनीहरुले एमालेसँगको सहकार्यलाई निरन्तरता कायम गर्दै राष्ट्रपति निर्वाचनको मतदानबारे फागुन २४ गते बस्ने राप्रपा पदाधिकारी बैठकले निर्णय गर्ने जवाफ दिएको एमाले नेताहरुले बताएका छन् । राष्ट्रपतिमा आफ्ना उम्मेदवार उपाध्यक्ष सुवास नेम्वाङलाई भोट माग्दै हिँडेको नेकपा एमालेको टोली दिउँसो राप्रपाको पार्टी कार्यालय धुम्बाराही पुुगेको हो । उक्त टोली आज बिहान आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी र बसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालय पुगेको थियो ।

एमाले टोलीसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्षद्वय रविन्द्र मिश्र र बुद्विमान तामाङले कुराकानी गरेका हुन् । एमाले टोलीमा भने उपाध्यक्ष तथा राष्ट्रपति उम्मेदवार सुवासचन्द्र नेम्वाङ, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरूङ र रघुवीर महासेठ, सचिव योगेश भट्टराई, विद्या भट्टराईलगायत थिए ।
 

टिप्पणीहरू