नेपाल आठ वर्षपछि यू–१९ विश्वकपमा

नेपाल आठ वर्षपछि यू–१९ विश्वकपमा

नेपाल फेरि यू–१९ विश्वकपमा छनौट भएको छ । आज दुबईमा भएको निर्णायक खेलमा यूएईमाथि ७ रनको जित हात पारेपछि नेपाल विश्वकपमा प्रवेश गरेको छ ।

आगामी वर्ष सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा अब नेपालले पनि खेल्ने छ । आज नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा यूएई १८४ रन जोडेर ४८ ओभरमा अलआउट भएको हो । 

नेपालले ४८ ओभर ५ बलमा अल आउट हुँदै १९१ रन बनाएको हो ।

टिप्पणीहरू