किरण चेम्जोङको टिमले जित्यो ‘आई लिग’

किरण चेम्जोङको टिमले जित्यो ‘आई लिग’

नेपाली गोलकिपर तथा कप्तान किरण चेम्जोङको टिमले ‘राउण्ड ग्लास पञ्जावल’ भारतको दोस्रो श्रेणीको लिग ‘आई लिग’ उपाधि जितेको छ । हिजो भएको खेलमा राजस्थान युनाइटेडलाई ४–० ले हराएसँगै पञ्जावले एक खेलअघि नै उपाधि जितेको हो ।

किरणले दोस्रो पटक आई लिग उपाधि जितेका हुन् । उनले यसअघि सन् २०१७–१८ को सिजनमा मिनेर्भा पञ्जावलाई उक्त लिग जिताएका थिए । यता, नेपालका अर्का खेलाडी अन्जन विष्ट सम्मिलित केन्क्रे एफसी भनिने टिम यो सिजनमा अन्तिम दुईमा रहेर आई लिगबाट रेलिगेसनमा परेको छ ।

पञ्जावले २१ खेलबाट ४९ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको श्रीनिध डेकनको २० खेलबाट ४१ अंक बटुलेको छ । बाँकी दुवै खेल जितेपछि पञ्जावलाई उसले भेट्ने सम्भावना देखिँदैन ।

टिप्पणीहरू