युवाहरुलाई सीटीईभीटीको निःशुल्क तालिम

युवाहरुलाई सीटीईभीटीको निःशुल्क तालिम

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीले युवाहरुलाई निःशुल्क तालिम दिने भएको छ ।

बागमती प्रदेश कार्यालय र बूढानिलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन गर्न थालिएको हो । परिषद्ले कुल ६० जना युवाले व्यवहारिक तालिम प्राप्त गर्न सक्ने जनाएको छ । 

साधारण लेखपढ गर्न जान्ने नेपाली नागरिकले आजदेखि चैत ६ गतेसम्म तालिमका लागि आवेदन दिन सक्नेछन् । सीटीईभीटीले मोबाइल फोन रिपेयर टेक्निसियनमा २० जना, कम्युटर हार्डवेयर टेक्निसियनमा २० जना र प्रोफेसनल प्लम्बरमा २० जनालाई निःशुल्क तालिम प्रदान गर्ने बताएको छ । 

यस्तो तालिम क्रमशः ३९०, ३९० र १६९६ घण्टाको हुनेछ । दैनिक ६ घण्टासम्म सञ्चालन हुने उक्त तालिममा अन्तवार्ताको माध्यमद्धारा युवा छनौट गरिने छ ।

टिप्पणीहरू