रास्ट्रपति छान्ने दिन बेलायती मन्त्री नेपाल आउँदै

रास्ट्रपति छान्ने दिन बेलायती मन्त्री नेपाल आउँदै

बेलायतको विदेश,कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मेरी ट्रेभेलियन नेपाल आउने भएकी छन् । तीन दिने भ्रमणका लागि उनी मार्च ८ अर्थात् पर्सि बिहीबार काठमाडौँ आइपुग्ने कार्यक्रम छ । 

राज्यमन्त्री मेरीले नेपाल–बेलायत सन्धि (सन् १९२३) सय वर्ष पुगेको अवसरमा नेपाल भ्रमण गर्न लागेकी हुन् । भ्रमणका दौरान उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुका साथै बेलायत सरकारको लगानीमा यहाँ सन्चालित विकास परियोजनाको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटघाट गरी राज्यमन्त्री मेरी मार्च १० अर्थात् फागुन २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

टिप्पणीहरू