सिंहदरबारमा मन्त्री र मुख्यमन्त्रीबीच बधाई साटासाट
आज सिंहदरबारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माबीच भेटवार्ता भएको छ । भेटमा कर्णाली प्रदेशको विकासको सन्दर्भमा कुराकानी भएको मन्त्रालय स्रोतले बताएको छ ।
मन्त्री मोदीसँग कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मंंगलबहादुर शाहीले संयुक्त भेटवार्ता गरेका हुन् ।
भेटमा मन्त्री मोदीले कर्णालीलाई समृद्ध बनाउने यात्रामा सँधै सँगै हुने वचन दिएको कुराकानीमा सहभागी एक जनाले बताए । सो अवसरमा सामान्य प्रशासन मन्त्री र मुख्यमन्त्रीेबीच बधाई साटासाट समेत भएको जानकारी दिइएको छ ।
टिप्पणीहरू