सतीशचन्द्रको निधनले बलिउड शोकमा

सतीशचन्द्रको निधनले बलिउड शोकमा

बलिउडका उत्कृष्ट अभिनेता एवम् निर्देशक सतीशचन्द्र कौशिकको निधन भएको छ । हिन्दी चलचित्रमा अभिनेता हुँदै निर्माता र निर्देशकको भूमिका निर्वाह गरेका उनको हिजो ६६ वर्षको उमेरमा निधन भएको हो । 

हिजो हृदयघात भएपछि अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । उनको निधनपछि बलिउड क्षेत्र शोकमा डुबेको छ । रुपकी रानी चोरोका राजा, मिस्टर इण्डिया, दीवाना मस्तानाजस्ता धेरै फिल्ममा काम गरेका स्वर्गीय कैशिक पटकथा लेखक पनि थिए ।

उनले निर्वाह गरेका पप्पु पेजरले निकै प्रशंसा बटुलेको थियो । कसम उडन झिलमा उनले बोलेको डायलग आजसम्म पनि चर्चित छ । फिलिप्स टप टेन शोमा उनले निभाएको भूमिका दर्शकहरुले अझैपनि बिर्सिएका छैनन् ।

टिप्पणीहरू