उपसभापति खड्कालाई राखेर नेविसंघले चुनावी छलफल गर्ने
नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले स्ववियु निर्वाचनको सन्दर्भमा उपत्यकास्तरीय अगुवा विद्यार्थी भेला तथा अन्तरक्रिया गर्ने भएको छ ।आज दिउँसो साढे ३ बजे काठमाडौँको प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
नेविसंघका अध्यक्ष दुंजाङ शेर्पाले पार्टीका उपसभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा स्ववियु निर्वाचनको सन्दर्भमा उपत्यकास्तरीय अगुवा विद्यार्थी भेला तथा अन्तरक्रिया गर्न लागेको जानकारी दिए ।
टिप्पणीहरू