काँग्रेस–एमाले गठबन्धन बन्ने एमाले अध्यक्षको संकेत
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आजको राष्ट्रपति निर्वाचनपछि नयाँ राजनीतिक समीकरण हुन सक्ने आकलन गर्नुभएको छ । हालको गठबन्धनको सट्टा नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्नसक्नेतर्फ उहाँको संकेत छ ।
राष्ट्रपतिको निर्वाचनको क्रममा उहाँले भन्नुभयो, ‘राजनीतिमा जे पनि सम्भव छ ।’ काँग्रेस र एमालेले राजनीतिमा एकै ठाउँमा नआउने कसम कहिल्यै नखाएको उहाँको भनाइ छ ।
तेस्रो राष्ट्रपतिको निर्वाचनको क्रममा उहाँले पहिलेका दुबै जनाले उल्लेखनीय कार्य गरेको उहाँले उल्लेख गर्नुभयो । तर बहालरत राष्ट्रपति विद्यादेवी भण्डारीले झन् उल्लेखनीय र महत्वपूर्ण काम गरेको अध्यक्ष ओलीको दाबी छ ।
टिप्पणीहरू