एमाले अध्यक्षमाथि गफ लाएको आरोप

एमाले अध्यक्षमाथि गफ लाएको आरोप

नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवम् पूर्वमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन घण्टा गफ दिएको बताएका छन् । चौधरीले गत साता अध्यक्ष माधवकुमार नेपालसँगको भेटघाटमा ओलीले ‘ननस्टप’ गफ दिएर नेपालको कुरो नसुनेको भन्दै कटाक्ष गरेका हुन् ।

राष्ट्रपति निर्वाचनमा एकीकृत समाजवादीसहित नौ दलका साझा उम्मेदवार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी  भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अझै पनि राजनीतिमा ढाँटको खेती गर्ने,झुक्याएर अघि बढ्ने,विभाजन गर्ने र अरुको अपमान गरेर रमाइलो मान्ने चेतना भइरह्यो भने सँधैभरिलाई एक्लो भइन्छ ।’ 

‘अझै पनि राजनीतिमा ढाँटको खेती गर्ने,झुक्याएर अघि बढ्ने,विभाजन गर्ने र अरुको अपमान गरेर रमाइलो मान्ने चेतना भइरह्यो भने सँधैभरिलाई एक्लो भइन्छ ।’

एकीकृत समाजवादीको सांसदसमेत रहेका चौधरीले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै घमण्ड त्याग्न,सत्य कुरा गर्न र अरुले महसूस गर्नेगरी व्यवहारमा देखाउन पनि सुझाएका छन् । 

राष्ट्रपति निर्वाचनअघि माधव नेपालसँग भएको वार्तामा ओलीले लामो गफ दिएको प्रसंग पनि सञ्जालमा कोट्याइएको छ । चौधरीले फेसबुकमा लेखेका छन्, ‘अरुको अपमान हुनेगरी ३ घण्टा बोलेर बहादुर र जान्ने भइन्छ भन्ने चेतनाबाट मुक्त बन । भ्रमको खेति नगर । अरु पनि बुझ्ने छन् भन्ने बुझिराख । अनि मात्रै राजनीतिमा पार पाइन्छ ।’

टिप्पणीहरू