कोटेश्वरमा सर्वपक्षीय बैठकको तयारी

कोटेश्वरमा सर्वपक्षीय बैठकको तयारी

विद्यार्थी युनियनको चुनावमा देखिएको असमझदारी हटाउन आज बिहान कोटेश्वरमा सर्वपक्षीय बैठक बोलाइएको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा हुने सर्वपक्षीय बैठकको निर्णयपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया सुचारु हुने जनाइएको छ ।

क्याम्पसमा हिजो दिउँसो निर्धारित समय अगावै केही विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिदिएका थिए । दिउँसो २ बजेसम्म मनोनयन गर्ने समय हुँदाहुँदै तालाबन्दीपछि अरुले उम्मेदवारी दर्ता गर्न पाएनन् । 

आज सोही विषयमा छलफल गर्न बिहान १० बजे सर्वपक्षीय बैठक बोलाइएको निर्वाचन अधिकृत सुरेश पोखरेलले जानकारी दिए ।

टिप्पणीहरू