भक्तपुरका सडकमा रोकिएका मोटरसाइकल जफत

भक्तपुरका सडकमा रोकिएका मोटरसाइकल जफत

भक्तपुर नगरपालिकाले नगरका विभिन्न स्थानका सडक छेउ राखिएका मोटरसाइकललगायत सवारी साधनलाई नियन्त्रणमा लिएको छ । 

मोटरसाइकल वर्कसप (बिक्रेता) हरुले बाटोको छेउमा राखेका मोटरसाइकलहरु जफत गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको घलाटे र चुनदेवीमा २५ वटा पसल अनुगमनपछि पटक–पटक हटाउन निर्देशन दिँदा पनि नहटाएपछि केही सामान र मोटरसाइकल जफत गरेको बताएका छन् ।

पसल बाहिर बाटो र पेटीमा बेचबिखनको लागि राखिएका सामानहरु र मोटरसाइकल जफत गरी ल्याइएको अनुगमन समितिका संयोजक गोराले बताए । अनुगमनमा ब्रदर्श रिकन्डिसन हबलाई बाटो र पेटीमा बिक्रीको निम्ति मोटरसाइकल नराख्न पटक–पटक निर्देशन दिँदासमेत अटेर गरेकाले प्र. ३ – ०२ –०१२ प ५५७० को मोटरसाइकल जफत गरी तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको उनले जानकारी दिए ।

त्यस्तै, अमरबत्ती इन्टरप्राईजेज प्रा.लि., ख्वप हार्डवेयर प्रा.लि., खोटाड्ड खाजा घर, युनिस्टल ट्रेडर्स, बागमति आर्टस्,  तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ । आर.बि. निर्माण सप्लार्यस्, एभरेष्ट अटोटेक एण्ड सप्लायर्स, ह्वाक्सीड्ड फर्निचर (डेकोर) प्रा.लि. दर्ता नवीकरण भएको नदेखिएकाले तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन अनुगमन समितिले भनेको छ । 

समितिले कृष्ण किराना पसलमा जम्बो स्प्राइट ३ वटा म्याद नाघेकोले नष्ट गर्न निर्देशन दिएको छ । श्रीलाल कोसवारको ग्रील पसल तथा वर्कशप, रिचा भुसालको किराना पसल, सुस्मिता श्रेष्ठको साधारण जलपान पसल अनुगमनकै क्रममा दर्ता गराएको निरीक्षणमा सहभागी वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए । 

अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, वडासदस्य रीता फसिकवा, नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक विनोद सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासु, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी थिए ।

टिप्पणीहरू