तीन दर्जन बढी फरार प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा फरार रहेका तीन दर्जन बढी प्रतिवादीलाई प्रहरीले समातेको छ ।
चितवन जिल्ला अदालतबाट कैद सजाय र जरिवाना तोकिएर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
गएको फागुन महिनामा मात्रै ३७ प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । उनीहरुलाई प्रहरीले अदालतमा उपस्थितसमेत गराइसकेको छ ।
उनीहरुले १७ वर्ष ६ महिना २ दिन कैद सजाय काट्नुपर्ने प्रहरीले जनाएको छ । त्यस्तै, १९ लाख ३१ हजार ८४५ रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्नेछ ।
चितवन प्रहरीले चालु आर्थिक वर्ष २०७९–८० को हालसम्म २३७ फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका प्रतिवादीहरुलाई ४३ वर्ष चार महिना २६ दिन कैद तोकिएको छ ।
टिप्पणीहरू