प्रगतिशील शिक्षक संगठनका जिल्ला र प्रदेश अधिवेशन निरन्तर, चैतभित्र राष्ट्रिय महाधिवशेन
नेकपा एकीकृत समाजवादी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न गर्न थालिएको छ । हालसम्म ६१ जिल्ला अधिवेशन र दुई वटा प्रदेश अधिवेशन सम्पन्न भएको बताइएको छ ।
हालसम्म अधिवेशन सम्पन्न भएका जिल्लामा कोशी प्रदेशका झापा, मोरङ, संखुवासभा, पाँचथर, खोटाङ, इलाम, धनकटा , सोलुखुम्बु, ताप्लेजुुङ , सुनसरी र उदयपुर छन् भने मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी ,रौतहट र पर्सा हुन् ।
बाग्मती प्रदेशका काठमाण्डौं, ललितपुर भक्तपुर, मकवानपुर, चितवन, धादिङ, रुसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र दोलखामा स.अधिवेशन सम्पन्न भइसकेका छन् । यस्तै गण्डकी प्रदेशका कास्की, मुस्ताङ, स्याङ्जा, पर्वत, बाग्लुङ र तनहुँमा पनि जिल्ला कमिटी गठन भएको जनाइएको छ । लुम्बिनी प्रदेशमा अधिवेशन सम्पन्न भएका जिल्लामा रुपन्देही, पाल्पा, रुकुम पूर्व, प्यूठान र दाङ हुन् भने कर्णालीका डोल्पा, दैलेख ,कालिकोट, हुम्ला, रुकुम पश्चिम, सुर्खेत, जाजरकोट र सल्यानमा पनि जिल्ला अधिवेशन भइसकेका छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा बझाङ, अछाम, कैलाली, दार्चुला, बैतडी, बाजुरा र कञ्चनपुर जिल्लामा अधिवेशनहरु गरिसकिएको जनाइएको छ । प्रदेश समितिहरुमध्ये कोशी र बाग्मतीमा पनि अधिवेशनहरु सम्पन्न भएका छन् ।
बाँकी प्रदेशमध्ये चैत ११ गते मधेश, लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश अधिवेशनहरु सम्पन्न गर्ने तयारी भएको प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हरिदेव यादवले जानकारी दिएका छन् । राष्ट्रिय महाधिवेशनको तयारी समेत तीव्र गतिमा भइरहेको यादवको भनाइ छ ।
चैत २८ देखि ३० गतेसम्म काठमाडौंमा संगठनको राष्ट्रिय महाधिवेशनको तयारी गरिएको छ । महाधिवेशनमा ७७ वटै जिल्ला र ७ वटै प्रदेशबाट ५ सय बढी प्रतिनिधि र पर्यवेक्षकसहित विदेशी पाहुनाहरूको सहभागिता हुने बताइएको छ ।
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन विश्व समाजवादी श्रम संगठन – डब्लु एफ टी यू) समाजवादी शिक्षक संगठनको अन्तराष्ट्रिय सञ्जाल (फिसे) मा गत फागुन १९ गतेदेखि आबद्धसमेत भइसकेको छ ।
हालै सम्पन्न पेशागत महासंघ नेपालको ७ औं राष्ट्रिय महासंघमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको तर्फबाट संगठनका उपाध्यक्ष हिक्मतबहादुर बस्नेत उपाध्यक्ष हरिप्रसाद जोशी, सीताकुमारी ओझा, भवानी खड्का र महासचिव हरिदेव यादव क्रमश उपाध्यक्ष, उपमहासचिव, सचिव र सह–कोषाध्यक्षमा निर्वाचित भएका छन् । अन्य १४ जना शिक्षकहरु विभिन्न समितिमा आवद्ध छन् ।
टिप्पणीहरू