टीआरसी विधेयक संसदमा पेश

टीआरसी विधेयक संसदमा पेश

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधयेक प्रतिनिधिसभामा पेश गरेको छ । 

आज बसेको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पेश गर्नुभएको हो ।

सांसदहरु ज्ञानेन्द्र शाही र प्रेम सुवालले राखेको विरोधको सूचनालाई बहुमतले अस्वीकार गरेपछि विधेयक औपचारिकरुपमा संसदमा टेबल भएको छ । अब विधेयकमाथि प्रतिनिधिसभाको आगामी बैठकमा छलफल हुनेछ ।

यो पनि...

1. सभामुखको अभिव्यक्तिको संसद बैठकमै आलोचना

2. कोशी प्रदेश विरोधीहरु फेरि सडकमा

टिप्पणीहरू