तत्काल निर्वाचन गराउन अनेरास्ववियुको माग

तत्काल निर्वाचन गराउन अनेरास्ववियुको माग

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचन अवरुद्ध भएका क्याम्पसमा तत्काल पुनः निर्वाचन गराउन माग गरेको छ । विभिन्न कारणले चुनाव अवरुद्ध भएका क्याम्पसमा तत्काल निर्वाचनको प्रक्रिया अघि बढाउन अनेरास्ववियुले आग्रह गरेको छ । 

अनेरास्ववियु अध्यक्ष समिक बडालले बहानाबाजी गरेर चुनाव रोक्न नपाइने बताएका छन् । उनले निर्वाचन रोकिएको क्याम्पसमा तत्काल पुनः निर्वाचन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका हुन् ।

‘विभिन्न बहानामा निर्वाचन अवरुद्ध भएका क्याम्पसमा तत्काल निर्वाचन सम्पन्न गराउन नेपाल सरकार, विश्वविद्यालय प्रशासन तथा सरोकारवाला पक्षहरुसँग हार्दिक अपिल गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न, आवश्यक शान्तिसुरक्षा प्रदान गर्नसमेत नेपाल सरकारसँग जोडदार माग गर्दछ’, जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, सम्पन्न स्ववियु निर्वाचनको मतपरिणामले आफूलाई उत्साहित बनाएको अनेरास्ववियुले जनाएको छ । भनिएको छ, ‘विभिन्न गठबन्धनहरुलाई चिर्दै अनेरास्ववियुको पक्षमा देशव्यापी जुन परिणाम आएको छ, यसले हामीलाई थप ऊर्जा र शक्ति प्रदान गरेको छ ।’

यो पनि...

1. दलहरूको अवस्था र घट्दो विश्वसनीयता

2. सरकारमा हिस्सा खोज्न समाजवादीद्वारा कार्यदल गठन

3. प्रधानमन्त्रीले गोरखा पुगेर नरिवल फुटाउनुभयो

4. सचिवको लगेज सोत्तर,डोकोमा सामान बोक्ने सवाल

टिप्पणीहरू