धुलिखेल अस्पतालका बिरामीको रिपोर्ट अब मोबाइलमा

धुलिखेल अस्पतालका बिरामीको रिपोर्ट अब मोबाइलमा

धुलिखेल अस्पतालका बिरामीले अब ‘अनलाइन अपोइन्टमेन्ट बुक' गरी परीक्षण रिपोर्ट प्राप्त गर्न सक्ने भएका छन् । 

आइएमई समूहअन्तर्गतको मिडास टेक्नोलोजिसँगको सहकार्यलगत्तै अस्पतालले उक्त सेवा सञ्चालनमा ल्याएको हो । यसका लागि मोबाइलमा एप डाउनलोड गरी बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिंग गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।

यो सेवा सञ्चालनमा आएसँगै बिरामीलाई अस्पतालसम्म आउनुपर्ने र लामो समय लाइनमा उभिनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । 

साथै, यस एपमार्फत सरकारको स्वास्थ्य बीमा बोर्डद्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्न र आफ्नो बीमाबारे जानकारी प्राप्त गर्नसमेत सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
 

टिप्पणीहरू