वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन, अन्त्येष्टि भोलि
वरिष्ठ सञ्चारकर्मी तथा रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवम् समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ ।
उहाँको ८६ वर्षको उमेरमा गएराति निधन भएको हो । रेडियो नेपालमा २०१८ सालदेखि ३० वर्षसम्म समाचार वाचन गर्नुभएका ताम्राकारको स्वरसँग धेरैजसो परिचित छन् ।
परिवारका अनुसार उहाँको अन्त्येष्टि भोलि गरिने छ ।
टिप्पणीहरू