विराटनगरमा घाइते आन्दोलनकारीको धरानमा मृत्यु

विराटनगरमा घाइते आन्दोलनकारीको धरानमा मृत्यु

विराटनगरमा कोशी प्रदेशको विरोध गर्दै आएका एक जना आन्दोलनकारीको मृत्यु भएको छ । आइतबारको आन्दोलनमा घाइते भएका आन्दोलनकारी पदम लिम्बू लागेहाङको मृत्यु भएको बताइएको छ ।

लिम्बू आइतबार विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरी बलका जवानले प्रहार गरेको लाठी प्रहारमा घाइते भएका थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो ।
 

टिप्पणीहरू