नेपाल प्रहरीको कमाण्ड वसन्तलाई
नेपाल प्रहरीका एआईजी वसन्तबहादुर कुँवर आईजी नियुक्त भएका छन् । एआईजी पदमा पहिलो वरियताका कुँवरलाई आज बसेको क्याबिनेट बैठकले आईजी बनाउने निर्णय गरेको हो ।
कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि आईजीको प्रतिस्पर्धामा थिए । तर, सरकारले वरियताक्रम अनुसार नै बढुवा गरेपछि नेपाल प्रहरीको नेतृत्व कुँवरको जिम्मामा परेको हो ।
यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा डिआईजीमा पहिलो नम्बरमा बढुवा भएका उनी त्यसपछि एआईजीमा पनि पहिलो नम्बरमा रहँदै आईजी बन्न सफल भए ।
नवनियुक्त आईजी कुँवरले कम्तीमा २ वर्ष प्रहरीको नेतृत्व सम्हाल्ने छन् । प्रहरीको विद्यमान ३० वर्षे सेवा अवधि हटे कार्यकाल थप लम्बिने छ ।
टिप्पणीहरू