जनमोर्चाबाहेक गठबन्धनका सबै दललाई मन्त्री बाँड्ने सहमति
सत्तारुढ १० दलीय गठबन्धनमा मन्त्रालय भागबण्डा टुंगिएको छ । आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले भागबण्डामा सैद्धान्तिक सहमति गरेको हो ।
दलीय आधारमा मन्त्रालयको संख्यामा सहमति जुटेको र सम्बन्धित पार्टीले नाम सिफारिस गरेपछि भोलि क्याबिनेट विस्तार हुने जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । राष्ट्रिय जनमोर्चाबाहेक गठबन्धनका ९ दललाई सरकारमा लैजाने गरी भागबण्डा मिलाइएको उनले बताए ।
‘गठबन्धनमा सैद्धान्तिक सहमति भएको छ । अब दलहरुको आ-आफ्नो भागमा परेको मन्त्रालयको मन्त्री चयन गरेर प्रधानमन्त्रीलाई दिएपछि भोलि शपथग्रहण हुन्छ’, बैठकबाट बाहिरिँदै नेता श्रेष्ठले भने
सहमतिअनुसार माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउनेछ । काँग्रेसको भागमा ८ मन्त्रालय पर्दा जसपा र एकीकृत समाजवादीलाई दुई-दुई मन्त्रालय छुट्याइएको छ । अन्य साना दललाई एक-एक मन्त्रालयमा चित्त बुझाएको बताइएको छ ।
टिप्पणीहरू