प्रधानमन्त्रीको चलाखी: काँग्रेसलाई ८, माओवादीलाई भन्दा ५,पाउँदा ७

प्रधानमन्त्रीको चलाखी: काँग्रेसलाई ८, माओवादीलाई भन्दा ५,पाउँदा ७

मन्त्रिपरिषद् विस्तारको सन्दर्भ चुलिँदै जाँदा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चातुर्यताबारे ब्यापक टिप्पणी हुन थालेको छ । झण्डै एक दर्जन दल र स्वतन्त्र उम्मेदवारको समर्थनमा सत्ता टिकाउन सफल हुनुभएका उहाँ नेपाली काँग्रेसको तुलनामा एक तिहाई सांसद भए पनि प्रकारान्तरले सात मन्त्रालय हात पार्न लगभग सफल हुनुभएको छ ।

‘पुष्पकमल दाहाल कति बाठो भने यो वा त्यो नाममा सात जनालाई मन्त्री बनाउने  बाटो खोल्नुभयो । उहाँको चलाखीबारे काँग्रेस, एकीकृत समाजवादी र मधेशवादी दलका नेताहरुसमेत बेखबर देखिए,’ वार्तामा सहभागी एक जना नेताले बताए । सतहमा आफूले पाँच वटा मन्त्रालय लिने र काँग्रेसलाई आठ वटा दिने बताउँदै आउनुभएको छ । तर घुमाइफिराई सात वटा आफैँले लिने तयारी देखिएपछि  अरु दलका नेता झसंग भएका छन् । महेन्द्र राय यादव र प्रभु साहलाई पनि मन्त्री बनाइने योजना छ ।

यादव बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका एकल सांसद हुन् । प्रभु साह स्वतन्त्र हुन् । तर दुबै जना पूर्व माओवादी नेता भएकाले समग्रमा माओवादी केन्द्रको भागमा अब यो वा त्यो नाममा सात वटा मन्त्रालय सुनिश्चित भएको हो ।

अर्कोतर्फ एक एक वटा सांसद भएका दल र स्वतन्त्र सांसदलाई पनि मन्त्रालयको जिम्मेवारी दिने प्रस्तावले क्याबिनेटमा स्वतः प्रधानमन्त्री प्रचण्ड थप बलियो हुनुहुनेछ । यसको निम्ति उहाँले चारदेखि १२ सीटसम्म सांसद भएका दललाई कम्तिमा एक र बढीमा दुई सिटको अडान राख्दै आउनुभयो । यसो हुँदा दुबै हातमा लड्डु आफ्नै हुने माओवादीको बुझाई छ ।

 आज बिहानको बालुवाटार बैठक स्थगित भएपछि काँग्रेसका एक जना नेताले भनेका छन्, ‘प्रचण्ड आफू अनुकूल नहोउञ्जेल जे पनि वाचा गर्नुहुन्छ । तर हात माथि परेपछि जे पनि गर्ने वानी उस्तै छ ।’
 

टिप्पणीहरू