जल संरक्षण अभियानमा चीनको उल्लेख्य सफलता
फोटो : सिन्ह्वा
चीनले पारिस्थितिक प्रणालीको संरक्षण निम्ति शुरु गरेको अभियानले सफलता पाएको छ । चीनको छिङहाई प्रान्तले थालेको प्रयासले जल संरक्षण क्षमतामा उल्लेख्य सुधार आएको बताइएको छ ।
छिङहाईको सान्जियाङयुआन क्षेत्रमा निर्मित ‘वाटर टावर’ याङत्जे, येल्लो र लान्काङ नदीको उद्गमस्थल हो । सन् २००० अगाडि त्यहाँ पानीको वार्षिक औसत मात्रा जम्मा ५९ दशमलव ६ बिलियन क्यूबिक मीटर मात्र थियो । सन् २००५ देखि २०२१ सम्म छिङहाईमा बगेर जाने पानीको औसत वार्षिक मात्रा बढेर ६८ दशमलव ६ बिलियन क्यूबिक मीटर पुगेको थियो ।
छिङहाई तुलनात्मक रुपमा सुख्खा क्षेत्र हो । त्यहाँ हावापानी प्रायः उष्ण प्रकृतिको हुन्छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार धेरै गर्मी भएकाले सो क्षेत्रमा मानिसको बसोबास कम भएको हो । जल संरक्षणका लागि छिङहाई जलविज्ञान र जलस्रोत अनुगमन केन्द्रले अभियान नै शुरु गरेको थियो ।
छिङहाई प्रान्तका नदीमा पछिल्लो समय जलस्तर बढेको केन्द्रले जनाएको छ । ‘छिङहाई र तिब्बतका पठारमा पानीको संरक्षण क्षमता बढ्दै गएको छ । चीनले यस क्षेत्रमा थालेको पारिस्थितिक संरक्षणका प्रयासहरु प्रभावकारी बनेको छ’, केन्द्रका निर्देशक ली छियाङले बताए ।
टिप्पणीहरू