एमालेले उपनिर्वाचनका उम्मेदवार आज टुंगो लगाउने

एमालेले उपनिर्वाचनका उम्मेदवार आज टुंगो लगाउने

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा मध्यान्ह १२ बजे पार्टी सचिवालयको बैठक डाकिएको बताइएको छ । आजको बैठकले आगामी बैशाख १० गते हुने तीन वटा निर्वाचन क्षेत्रको उप–चुनावमा उम्मेदवार टुंगो लगाउने सम्भावना छ । 

चितवन–२, तनहुँ १ र बारा १ मा हुन लागेको उपनिर्वाचनमा एमालेले क्रमशः चितवन  जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र पूर्व आईजीपी तथा गत मंसिरको निर्वाचनमा काठमाडौं ६ मा उठेका सर्वेन्द्र खनालको नाममा सहमति गरिसकेको बताइन्छ ।  

बारा– १ बाट उठ्ने उम्मेदवारबारे पनि आजको बैठकले निश्चित गर्ने छ ।

टिप्पणीहरू