सेतो मच्छिन्द्रनाथको जात्रा सकियो, अब रातोको सुरसार

सेतो मच्छिन्द्रनाथको जात्रा सकियो, अब रातोको सुरसार

चैत १५ गतेदेखि शुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा हिजो सकिएको छ । काठमाडौंको प्रख्यात उक्त जात्रामा रथलाई दरबारमार्गको तीनधारा पाठशाला अगाडिबाट तानेर लगन पुर्याइएको थियो ।

हिजो साँझ ७ बजेर ५५ मीनेटको साइतमा मच्छिन्द्रनाथको मूर्तिलाई परम्पराबमोजिम मच्छिन्द्रबहाल लगिएको हो । बडागुरुज्यूको पल्टन अर्थात नेपाली सेनाको शार्दुलजंग गुल्मबाट खटिएको ३६ जनाको टोली, नेपाल प्रहरी, विभिन्न गुठी एवम् हजारौं स्थानीयको सहभागितामा मूर्तिलाई मच्छिन्द्रबहालमा पुर्याइएको हो ।

यता ललितपुरमा आगामी शनिबारदेखि रातो मच्छिन्द्रनाथको रथयात्राको निम्ति पुल्चोकमा रथ निर्माण कार्य शुरु हुँदैछ । शुक्रबार रातो मच्छिन्द्रनाथको महास्नान गरिने छ ।

त्यसपछि आगामी बैशाख ८ गते रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइनेछ । बैशाख ११ गते सोमबारका दिन पुल्चोकबाट रथ तानेर गाःबहाल पुर्याइने छ । अन्तिम दिन जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाएपछि जात्रा समापन हुने छ ।

टिप्पणीहरू