स्वास्थ्य वैज्ञानिकहरुको दुई दिने सम्मेलन काठमाडौंमा
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य क्षेत्रमा आबद्ध वैज्ञानिकहरुको सम्मेलन गर्ने भएको छ ।
परिषद्ले आँउदो चैत २८ र २९ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्कवेटमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय सम्मेलन गर्न लागेको हो । परिषद्को स्थापना दिवसको अवसरमा गर्न लागिएको सम्मेलनमा नेपालका स्वास्थ्य अनुसन्धानकर्ता, जनसंख्याविद् तथा नीति निर्माणकर्ताहरुको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासंग सम्बन्धित विषयवस्तुमा छलफल गरिनेछ । त्यस्तै, विभिन्न शीर्षकमा नीतिगत छलफल गरेर सरकारलाई नीति निर्माण गर्न सहयोग पुर्याउने परिषद्ले जनाएको छ ।
यो वर्ष सम्मेलनको नारा ‘स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ राखिएको छ । परिषद्ले हरेक वर्षझैं विभिन्न विधामा अवार्ड पनि बाँड्नेछ ।
टिप्पणीहरू