सिस्नो टिप्न गएका नाबालिका दिदीबहिनीको शव भीरमा भेटियो
रुकुमपूर्वमा सिस्नो टिप्न भनेर गएका नाबालिका दुई दिदीबहिनी मृत फेला परेका छन् । पुथाउत्तरगङ्गा गाउँपालिका–३, रन्माका दुई दिदीबहिनी आज बिहान मृत फेला परेको बताइएको छ ।
हिजो बेलुकी सिस्नो टिप्न निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन् । तारामान बुढाका छोरीहरु ११ वर्षीया रिना र नौ वर्षीया कालिमाया बुढामगर दुबै मृत फेला परेपछि गाउँ नै शोकमा डुबेको छ । हिजो साँझ हराएका दुई बालिकाको राति नै खोजी गरिएको बताइन्छ ।
तर उनीहरु आज बिहान नजिकैको भीरमा मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायव उपरीक्षक (डिएसपी) अञ्जना श्रेष्ठका अनुसार घटनाको थप अनुसन्धानको निम्ति टोली घटनास्थलतर्फ गएको छ ।
टिप्पणीहरू