वसन्त ऋतुलाई स्वागत गर्न ‘फूल महोत्सव’

भिडियाे : सिन्ह्वा

चीनको सांघाइमा फूल महोत्सवको आयोजना गरिएको छ । वसन्त ऋतुलाई स्वागत गर्न  युयुयान गार्डेनमा फूल महोत्सवको आयोजना गरिएको बताइएको छ ।  

परम्परागत संरचनामा बनेको मन्दिरमा यतिबेला मेला लागिरहेको छ । लालटिनले सजाइएको मन्दिरमा हानफु पहिरनमा सजिएर आफ्नो कला प्रस्तुत गरिरहेकी युवतीहरु निकै आकर्षक देखिएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । 

फूल महोत्सव हेर्न गार्डेनमा पर्यटकहरुको भीड लागेको छ । महोत्सवले परम्परागत कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । ऐतिहासिक बगैंचा भनिने युयुयान गार्डेन नजिकै बजारसमेत सञ्चालनमा ल्याइएको छ ।

टिप्पणीहरू