कूटनीतिक सुविधाको गाडीमा तस्करी गर्नेलाई पुनर्बिमाको ‘लाइसेन्स’

कूटनीतिक सुविधाको गाडीमा तस्करी गर्नेलाई पुनर्बिमाको ‘लाइसेन्स’

बिचौलिया दिपक भट्ट र कोरोना महामारीमा कूटनीतिक सुविधाको गाडी दुरुपयोग गरेर स्वास्थ्य सामाग्री तस्करी गर्ने शंकर ग्रुपका सुलभ अग्रवालले पुनर्बिमा कम्पनीको लाइसेन्स पाएका छन् । भट्टको गार्जियन माइक्रो इन्स्योरेन्स कम्पनी र अग्रवालको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी हुन् ।

दुबै कम्पनीका मुख्य लगानीकर्ता दिपक भट्ट र शंकर गुपका शुलभ अग्रवाल भएको बताइन्छ । भट्टले कम्पनीको अध्यक्षमा पूर्व एआइजी विज्ञानराज शर्मालाई नियुक्त गरिसकेका छन् । नेपाल माइक्रोको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणालाई राखिएको छ । 

दुबै कम्पनीले लाइसेन्स पाए पनि नेपाल बीमा प्राधिकरणबाट लघु बीमा व्यवसाय शुभारम्भको स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । भट्टको गार्जियनले लघु जीवन बीमा व्यवसाय र अग्रवालको नेपाल माइक्रोले लघु निर्जीवन बीमा व्यवसाय गर्ने बताइएको छ ।

यसअघि गत भदौ १० गते प्राधिकरणले माइक्रो रिइन्स्योरेन्स कम्पनीको निम्ति आवेदन खुला गरेको थियो । विभिन्न कम्पनीमध्ये बिचौलिया दिपक भट्ट र कोरोना महामारीमा कूटनीतिक गाडीमा थर्मल गन तस्कर गर्ने शुलभ अग्रवाल ‘ग्राण्ड डिजाइन’ अनुसार नै प्राधिकरणको छनौटमा परेका हुन् ।

टिप्पणीहरू