सरकारलाई बालेनको चुनौती - सिंहदरबार अन्य पालिकामा सारे हुन्छ

सरकारलाई बालेनको चुनौती - सिंहदरबार अन्य पालिकामा सारे हुन्छ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबार अर्को पालिकामा सार्न सरकारलाई चुनौती दिएका छन् । 

काठमाडौंको हितमा काम नगर्ने सिंहदरबारलाई अन्य पालिकामा सार्न उनले चेतावनी दिएका हुन् । आज सामाजिक सञ्जालमा स्टाटस् लेख्दै मेयर बालेन्द्रले राजधानी नै सारेपनि काठमाडौंबासीलाई कुनै फरक नपर्ने समेत बताए । 

उनले भनेका छन्,‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन्, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति होइन् ।’

पछिल्लो केही समययता संघीय सरकार र मेयर बालेनबीच जुहारी चलिरहेका छन् । उनले महानगरपालिका सुधारका लागि राखिएका १४ वटा माग पूरा नभएसम्म सिंहदरबार, शीतलनिवास र वालुवाटारको फोहोर नउठाउने अडान लिएका छन् ।

मेयर बालेन्द्रको कदमलाई अराजक भन्दै चैत २८ को क्याविनेट बैठकले आवश्यक पहल अघि बढाउने चेतावनी दिएको छ ।
 

टिप्पणीहरू