अशिक्षा, अभिभावक, मदिरा, सानाे मन र हाम्राे समाज
छाेराछाेरीलाई सानैदेखि माग्ने हाेइन, पढाइ लेखाइ ज्ञानीगुनी बनाओैं ताकि उनीहरु आत्मनिर्भर हुन सकुन् । हेराैं त बाटाेमा बटुकाे थापेर बसेकी यही बच्चीकाे पढ्ने रहर । मलाई देख्ने बित्तिकै बटुकाे थापेर पैसा मागेकी उनलाई भाेकाएकी हाेली भनेर बिस्कुट किनेर खान २० रुपैयाँ दिन लाग्दा एकाएक यी नानीले मेराे पकेटकाे कलम झिकेर बाटाेकाे कागजमा टिपेर लेख्न लागेकाे दृश्यले कसकाे मन नछाेला ???
मलाई लाग्याेे यी बच्चीमा पेटको भन्दा प्रेम र पढाइकाे भाेक ज्यादा छ । यस्ता अरु पनि कयौँ छन्, जो आर्थिक अभावले पढ्न सकेका छैनन् । सुनें यी नानीले अहिलेसम्म स्कूल देखेकी छैनन् । आमा मरिन् रे ! उनी सँगै माग्न बसेकी अर्की महिला सानिमा रे ! उनको मुखबाट ह्वास्स रक्सी गन्हाइरहेकाे थियाे ।
बाउले 'पैसा छैन धनगढी पठाइदिनु न' भनेपछि नारायणगढ लायन्सचाेकमै चितवन ट्राफिक प्रहरीकाे जिम्मा लगाइदिएँ । बच्चीलाई जसरी भएपनि पढाउन-लेखाउन बिन्ती गर्दै छुटें म ।
टिप्पणीहरू