प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्री बोकेको सैनिक हेलिकोप्टर बालुवाटारमा अवतरण

प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्री बोकेको सैनिक हेलिकोप्टर बालुवाटारमा अवतरण

बाराको चुनावी अभियानमा सहभागी भएर प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको टोली काठमाडौँ फर्किएको छ । 

बारा–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई भोट माग्न आज दिउँसो गढीमाई पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ११ सदस्यीय टोली सैनिक हेलिकोप्टरबाट साँझ काठमाडौँ फर्किएको छ । 

नेताहरुलाई लिएर नेपाली सेनाको एनए–०५३ हेलिकोप्टर बेलुकी साढे ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ल्याण्ड गरेको बताइएको छ ।

टिप्पणीहरू