प्रहरी हिरासतमा रहेका वडाध्यक्षविरूद्व चार दिनको म्याद थप
ज्यान मार्ने उद्योग आरोपमा पक्राउ परेका सिरहाको लहान नगरपालिका २० का वडाध्यक्ष गणेशकुमार चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपिएको छ ।
वडाध्यक्ष चौधरीलाई लहानस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट हिजो दिउँसो २ बजे ईलाका प्रहरी कार्यलयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।
गत चैत २६ गते ऋषिकेश महताेले वडाध्यक्ष चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दर्ता गराएका थिए । जाहेरी दर्तापछि चौधरी लुकिछिपी हिँडेको अवस्थामा हिजो पक्राउ परेका हुन् ।
उनी स्थानीय तहको गत निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनैलाई थप चार दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालतले म्याद थपेको प्रहरी स्रोतले जनआस्थालाई बताएको छ ।
टिप्पणीहरू