महाराजगञ्जमा लगाइएको ताल्चा खोल्ने सहमति
आफूहरुले राखेका माग पूरा हुने भएपछि चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थीहरुले ताल्चा खोल्ने भएका छन् । काठमाडौँको महाराजगञ्जस्थित संस्थानको डिन कार्यालयमा लगाइएको ताल्चा खोल्ने सहमति भएको बताइएको छ ।
आफूहरुले राखेका १४ बुँदामध्ये दुई वटा माग तत्काल पूरा गर्ने सहमति भएपछि आन्दोलनरत विद्यार्थीहरु डिन कार्यालयको ताल्चा खोल्न तयार भएका हुन् । सहमतिअनुसार चिकित्साशास्त्र वा सम्पूर्ण संकायको शैक्षिक क्यालेण्डर बनाई सोहीअनुरुप शैक्षिक सत्रको सुरुवात गरिने छ ।
त्यस्तै, अस्पतालमा उपलब्ध स्वास्थ्य सेवामा बीमा कार्यक्रमअन्तर्गत सम्पूर्ण कार्यमा ९० प्रतिशत छुट सुनिश्चित गर्दै त्यसमा विद्यार्थीका अभिभावकहरुलाई पनि संलग्न गराइने छ । भोलि बिहान दुबै पक्षबीच लिखित सहमति भएपछि ताल्चा खुल्ने बताइएको छ ।
टिप्पणीहरू